पहिलो टेस्ट जितेर साथी खेलाड़ीहरूका प्रशंसा गरे बुमराहले

IMG-20241125-WA0279

पर्थ: बोर्डर गावस्कर ट्रफी (बीजीटी) टेस्ट सीरीजको पहिलो टेस्ट म्याचमा भारतले अष्ट्रेलियालाई २९५ रनले पराजित गऱ्यो। यस ऐतिहासिक जीतपछि कार्यवाहक कप्तान जसप्रीत बुमराहको प्रमुख योगदान रह्यो, जसले म्याचमा ८ विकेट लिए अनि उनलाई प्लेयर अव् द म्याच पनि चयन गरियो। ५ वटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गरेपछि उनले पहिलो ईनिंग्सको अवधि टीम दबाउमा रहेको स्वीकार गरे। बुमराहले भने, जीतको साथ सीरीजमा शुरुवात गरेर अहिले म धेरै खुशी छु तर पहिलो ईनिंग्सको अवधि हामी दबाउमा थियौं। त्यसपछि हामीले जसरी जवाफ दियौं त्यसमा मलाई गर्व छ। यसअघि २०१८-मा यहाँ खेलेको हुनाले शुरुवातमा पीच सामान्य नरम हुने अनि समयको साथ तेज हुने कुरा मलाई थाहा छ। म त्यही अनुभवमाथि भरोसा गरिरहेको थिएँ। हामीले वास्तवमा असल तयारी गरेका थियौं।बुमराहले भने, अनुभवको धेरै महत्त्व हुन्छ अनि मनमा विश्वास रहे जे पनि हासिल गर्न सकिन्छ। जयसवालले आफ्नो टेस्ट करियरको असाधारण शुरुवात गरेका छन्। यो शायद उनको सर्वश्रेष्ठ टेस्ट ईनिंग्स थियो। उनको स्वाभाव नै आक्रामक छ तर यसपाली उनले परिपक्व ईनिंग्स खेले।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement