गान्तोक: जोरथाङ थाना क्षेत्रमा एक दश वर्षीय नाबालिग बालिकामाथि शारीरिक रूपमा दुर्व्यवहार भएको घटनाको सम्बन्धमा एक ४० वर्षीय व्यक्तिलाई पक्राउ गरिएको छ।यो घटना गत शनिवारको हो। नाबालिग बालिका आफ्नो स्कूलबाट फर्किरहेको समय आरोपी व्यक्तिले शारीरिक रूपमा दुर्व्यवहार गरे। उनी भाग्न सफल बनिन् र घरमा पुगेर आफुमाथि बितेको घटनाको जानकारी दिइन्। पीडित पक्षले आरोपी व्यक्ति विरुद्ध मामिला दर्ता गराएको छ। आरोपी विरुद्ध पोक्सो अधिनियम २०१२ अन्तर्गत मामिला दर्ता गरिएको छ। यस घटनाको सम्बन्धमा जॉंच जारी रहेको छ।