मल्ली-जोरथाङ सडकमा दुर्घटना हुँदा स्कूटी चालकको मृत्यु

IMG-20241116-WA0021

गान्तोक: आइतबार राती चम्पा मल्ली-जोरथाङ राष्ट्रीय राजमार्गमा दुर्घटना हुँदा एक व्यक्तिले ज्यान गुमाएको घटना प्रकाशमा आएको छ। उक्त घटना हिजो रातिको ११-१२ बजीबीच भएको हुन सक्ने पुलिसले आंशका व्यक्त गरेको छ। घटनाक्रम अनुसार हिजो राती स्कूटीलाई सरकारी वाहनले धक्का दिँदा स्कूटी चालकको मृत्यु भएको हो। स्कूटीका चालकलाई गम्भीर अवस्थामा मल्ली अस्पतालमा उपचारको निम्ति लगिएको थियो, चिकित्सकहरूले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरे। पुलिसले जानकारी गराए अनुसार सरकारी वाहन एसके -०१जी-३७१५ ले स्कूटी एसके ०४-पीए-४९४४ गलतदिशामा गएर धक्का दिएपछि स्कूटी चालकको मृत्यु भएको हो। पुलिसको भनाइ अनुसार स्कूटी आफ्नो बाटोमा कुदिरहेको तर सरकारी वाहन भने गलत दिशाबाट आएर धक्का दिएको थियो। आरोपी चालक प्रविन प्रधानविरूद्ध मल्ली थानामा २८१,१२५ बीएनएस अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement