सञ्चमान डिग्री कलेजमा ५जी प्रयोगशाला कार्यान्वयनबारे उच्चस्तरीय बैठक

IMG-20241125-WA0274

गान्तोक: गेजिङ जिल्ला प्रशासनले सञ्चमान लिम्बू सरकारी डिग्री कलेजमा असम इलेक्ट्रोनिक डेभलप्मेन्ट कर्पोरेशनद्वारा 5जी प्रयोगशाला विस्तारबारे प्रारम्भिक बैठकको अध्यक्षता गर्‍यो। कलेजमा ५जी प्रयोगशालालाई विस्तार गर्ने तयारी अघिबाटै चलिरहेको थियो। प्रारम्भिक बैठकमा जिल्ला प्रशासनिक अधिकारीहरुको उपस्थिति रहेको थियो। अतिरिक्त जिल्लापाल सुरेश राईले यस योजनाबारे जानकारी गराए। बैठकमा महकुमा अधिकारी पुलकित विश्व, सञ्चमान लिम्बू सरकारी डिग्री कलेजका अधिकारी बी राज गुरुङ, कलेजका प्राचार्य प्रो, डा किशोर कुमार राईले पनि सम्बन्धित विषयमाथि छलफल गरे। बैठकले मुख्यतया जिल्लामा उद्यमशीलता अभिवृद्धि र प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको पहलको कार्यान्वयनमा जोड दिएको थियो। नर्थईस्ट काउन्सिलको ५जी योजनाअन्तर्गत असम इलेक्ट्रोनिक्स डेभलपमेन्ट कर्पोरेशन लिमिटेडले यसलाई कार्यान्वयन गर्दै आएको छ। यसअन्तर्गत कलेजमा अत्याधुनिक ५जी सेवा सञ्चालन गरिनेछ। उल्लेखनीय, पूर्वोत्तर क्षेत्रीय विकास (डोनर) मन्त्री जी किसन रेडीले सञ्चमान लिम्बू सरकारी डिग्री कलेज गेजिङलाई ५जी सेवा प्रदान गरेका थिए। बैठकमा अतिरिक्त जिल्लापाल राईले गेजिङ जिल्लामा यसको सफल कार्यान्वयनबारे जानकारी गराए। उनले पहिलो चरणबाट निस्केको निष्कर्षलाई विचार गर्दै त्यसलाई दोस्रो चरणमा कार्यान्वयन गरिने उल्लेख गरे। उनले यस तकनिकीको सुविधालाई प्रभावी प्रयोग गर्ने सुझाउ पनि दिए। महकुमा अधिकारी पुलकितले सिक्किम मणिपाल विश्वविद्यालयको टेक्नोलोजी बिजनेस इन्क्युबेशन फाउन्डेशनमा अवस्थित अटल इन्क्युबेशन सेन्टरको पहल र उपलब्धिहरूबारे पनि बताए। उनले युवा उद्यमीहरूलाई उद्योगको आवश्यकता पूरा गर्ने परम्परागत जनशक्तिको सट्टा बहुमूल्य जनशक्ति उत्पादन गर्न क्षमता विकासलाई बढाउन निरन्तर काम भइरहेको जानकारी गराए। यो परियोजना नर्थईष्ट काउन्सिलमार्फत भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement