गुवाहाटी(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज राजभवनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरे। मुख्यमन्त्री र राज्यपालले यस अवधि विकास सम्बन्धित विषयहरूमाथि चर्चा गरे।
यस अतिरिक्त, मुख्यमन्त्रीले राज्यपाललाई राज्यका सबै वर्गका मानिसहरूको कल्याणको निम्ति सरकारद्वारा चलाइएका योजनाहरूको बारेमा जानकारी गराए। उनले राज्यपाललाई राज्यमा सरकारद्वारा गरिएका विकास कार्यहरूको बारेमा पनि जानकारी गराए।