कोलकाता: हुगली जिल्लाको गुडाप क्षेत्रमा पाँच वर्षीय बालिकासित दुष्कर्म एवं हत्या भएको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ।यो घटना गए आइतवार साँझ भएको हो। घटनापछि क्षेत्रमा शोक एवं आक्रोश व्याप्त भएको छ।
पीड़िताका माता-पिताले पुलिसलाई बताए, उनीहरूकी छोरी गए आइतवार साँझ घरबाट बेपत्ता भएकी थिई। अबेरसम्म पनि घर नफर्किएपछि माता-पिताले छर-छिमेकमा उसलाई खोज्न शुरू गरे। यसैबीच एकजना प्रत्यक्षदर्शीले जानकारी दियो, बालिकालाई अन्तिम पटक आरोपीको घरमा जाँदै गरेको देखिएको थियो।परिवार औं छिमेकीहरूले आरोपीलाई सोध्दा उसको जवाफमा विरोधाभास पाइयो। यो देखेर तत्कालै स्थानीय पुलिसलाई सूचित गरियो। पुलिसले आरोपीको घरको जाँच गऱ्यो जहाँ अबोधलाई गम्भीर अवस्थामा भेट्यो। तत्कालै उसलाई अस्पतालमा लगियो, तर डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। बालिकाको लाशलाई पोस्टमर्टमको लागि पठाइदिएको छ। आरोपीलाई सोमवार अदालतमा पेश गरिएको छ। सरकारी वकिलले उसको पुलिस हिरासतको माग गरे।