नक्सलबारी: शौच गर्न गएका एक जनालाई हात्तीले हमला गर्दा मृत्यु भएको घटना नक्सलबारीको हथिघिसाको दमदमा क्षेत्रमा भएको हो। मृतकको नाम विजय नाग (४४) हो। आज बिहान विजय नाग पहाडगुम्मा चिया बगानको दमदमा डिभिजनमा शौच गर्न गएको थियो। सोही समय उक्त व्यक्तिलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो। पछि बागडोग्रा वन विभागका कर्मचारीले घटनास्थलमा पुगेर लाश निकालेर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाए।घटनापछि रेन्जर सोनम भुटियाले सर्वसाधारणलाई सचेत गराउनुका साथै बिहान हात्ती करिडोरमा नजान सन्देश पनि दिएका थिए। बागडोग्रा जंगलमा १०० हात्ती छन्। त्यसैले आम नागरिक सचेत नभए खतरा बढ्ने वन विभागको डर छ।