मिड डे मील खाने ठाउँ नहुँदा विद्यार्थी मैदानमै बसेर खाना खान बाध्य

74b1bd3d-b9a9-4de3-82db-e46369d3f344-1024x576

राजगञ्ज: मिड डे मील खाने ठाउँ नहुँदा सरकारपाडा प्राथमिक विद्यालयका विद्यार्थीले मैदानमै बसेर खाना खान बाध्य छन्। सरकार पाडा प्राथमिक विद्यालय राजगञ्ज ब्लक अन्तर्गत शिकारपुर ग्राम पञ्चायतको अम्बारी-बेलाकोवामा सरकारी सडकको छेउमा अवस्थित छ। यहाँ विद्यार्थीले मैदानमा बसेर मिड डे मील खाएको तस्बिर सार्वजनिक भएको छ। यस सम्बन्धमा विद्यालयका शिक्षकले हाम्रो विद्यालयमा करिब १३९ विद्यार्थी रहेको तर विद्यालयमा दिवा खाजाका लागि ठाउँ नहुँदा बालबालिकाले जमिनमै बसेर खाना खान बाध्य भएको बताए। चिसो र वर्षाको समयमा धेरै समस्या हुन्छ।
विद्यालयको चारैतिर पर्खाल नहुँदा गाई–बाख्राहरु मैदानमा घुमिरहेका छन्। जसका कारण खेतमा बस्न र खाना खान मुस्किल भएको छ। विभिन्न ठाउँमा पटकपटक निवेदन दिँदा पनि समाधान हुन सकेको छैन। खानेकुरा र बाउन्ड्री पर्खाल निकै महत्वपूर्ण रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement