काठमाण्डू: परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमणलाई स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणअघि तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदैछन्।
उनले आज बिहान पूर्वप्रधानमन्त्रीहरुसँग आफ्नो चीन भ्रमणबारे छलफल गरेका थिए।