यहुदी धर्मगुरूको शव युएईमा भेटियो

00-1-Rabbi

इजरायलले संयुक्त अरब इमिरेट्समा बेपत्ता भएका रब्बीको हत्या भएको जनाएको छ। इजरायलले यस घटनालाई ‘यहुदी विरोधी आपराधिक आतंकवादी कार्य’ बताएको छl बेपत्ता रब्बीको हत्याराहरूलाई खोजी निकाल्ने प्रतिबद्धता पनि जनाएको छ। आइतबा यहूदी धार्मिक नेताको शव फेला परेपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले भन्यो, ‘ज्वी कोगनको हत्या आपराधिक यहुदी विरोधी आतंकवादी घटना हो। इजरायलले उनको मृत्युका लागि जिम्मेवार अपराधीहरूलाई न्यायको दायरामा ल्याउन सक्दो प्रयास गर्नेछ।‘ इजरायलका राष्ट्रपति इसाक हर्जोगले पनि उनको हत्यालाई ‘घृणित, यहुदी विरोधी आक्रमण’ बताएका छन्। अर्थोडक्स यहुदी संगठनसँग सम्बद्ध रब्बी ज्वी कोगन बिहीबारदेखि युएईमा बेपत्ता थिए। त्यसपछि इजरायली खुफिया एजेन्सी मोसाद र युएईका अधिकारीहरूले पनि उनको खोजी शुरु गरेका थिए। इजरायली अधिकारीहरू पनि उनको परिवारसँग सम्पर्कमा थिए। इजरायली अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै भनेका बताएअनुसार ज्वी कोगनको शव फेला परेपछि उनको कार उनको घरबाट एक घण्टा टाढा फेला परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement