मोरंग: मानव तस्करीको आरोपमा अनुसन्धानमा तानिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी सोमबार साँझ हिरासतमुक्त भएका छन्।
तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीविरुद्ध मुद्दा चल्ने निर्णय जिल्ला सरकारी वकिल कार्यालयले गरेको थियो। विवादास्पद जापान भ्रमणका कारण उनले मन्त्री पद पनि गुमाउनु पर्यो।
आफ्नै पार्टी नेकपा (एकीकृत माले)ले कारबाही गरेको छ। मानव तस्करीको आरोप लागेपछि अनुसन्धानका क्रमममा हिरासतमा समेत बस्नुपर्ने अवस्था आयो। २ साताजति हिरासतमा बसेपछि सरकारी वकिल कार्यालयले प्रमाण फेला नपरेको भन्दै उनीविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको हो।