६४ फिल्ड रेजिमेन्टको ६३औ राईजिङ डे समारोह सम्पन्न

IMG-20241125-WA0253

सोनादा: ६४फिल्ड रेजिमेन्टको ६३औ राईजिङ डे समारोह सीधा लाइन समाज भवनमा सम्पन्न भएको छ। ६४ फिल्ड रेजिमेन्ट भेटरेन एसोसिएसन दार्जिलिङको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा सदस्यहरु दार्जिलिङ, कालेबुङ, खरसाङ मिरिक, सोनादा, सिलगढी, उत्तराखण्ड, नेपाल आदि स्थानहरूबाट उपस्थित रहेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुवेदार मेजर प्रकाश गुरुङ उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिहरुमा सुवेदार मेजर ओनरेरी क्याप्टन भीमकुमार, सीधा लाइन समाजको सभापति पेम्बा शेर्पा, सुवेदार उदयकुमार लिम्बु, सुवेदार डीके प्रधान, सुवेदार बाबुराम पौडेल, भुपेन्द्र जंग शाही, गन्जन छेत्री, हवल्दार डीपी राई लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई सुवेदार रबीनचन्द्र राईले सञ्चालन गरेका थिए। कार्यक्रममा नानीहरुले नृत्य प्रस्तुत गरेका थिए।‌ कार्यक्रममा सदस्यहरुलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ। उक्त कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अवकाशप्राप्त सुवेदार रबीनचन्द्र राईले हामीले यो संगठन २०१८ मा हऔन गरेको र यसको मुख्य उद्देश्य अवकाशप्राप्त भएपछि एका अर्कासित भेटघाट गर्नलाई हो र एका अर्काको दु:ख सुखमा भेला हुनु रहेको बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement