खरसाङ: स्थानीय ऐतिहासिक धरोहरहरूलाई चिनाउनु, जातीय संस्कृति, परम्परा र खानपानलाई सही रुपमा प्रमोट गर्नलाई खरसाङको भिक्टोरियामा पर्यटकहरुका लागि शुरु गरिएको होम स्टे हो तोशिफु। तोशिफुको अर्थ मुखिया/सुनवार भाषामा गुराँसको फूल रहेको छ। नामले नै स्थानीय चिजबीजहरु र स्थानीय सुन्दर पर्यटकीय स्थलहरूलाई प्रमोट गर्नुे रहेको छ। यसको साथै पर्यटकहरु समक्ष सही जानकारी उपलब्ध गराउनु पनि रहेको छ। खरसाङको भिक्टोरियामा ग्राममा रहेको तोशिफु होम स्टे हालमा पर्यटकहरुका लागि निकै नै प्रसिद्ध बन्दै गईरहेको छ। सन् २०२२ देखि स्थानीय किरण सुनवार र उनकी पत्नी पूर्णिमा थापाले सञ्चालन गर्दै आएका तोशिफु होम स्टे हालमा खरसाङको डाउहिल, भिक्टोरिया,चिमनी देवराली क्षेत्रहरुमा आउने पर्यटकहरुका लागि झनै प्रसिद्ध बन्दै गईरहेको छ। पर्यटन व्यवसायमा दम्पत्ति नै लागि परेका छन् जसमा किरण सुनवार पर्यटकहरुलाई यता घुमाउने साथै पर्यटकहरुलाई स्थानीय क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको सही जानकारी गराउनका साथै जातीय संस्कृति, परम्परा र खानपानको पनि जानकारी गराउँछन्। त्यसरी नै पत्नी पूर्णिमा थापाले होम स्टेमा पर्यटकहरुका सेवा र आतिथ्यमा सक्रिय छन्। यहाँ पर्यटकहरुलाई जातीय पहिचानका कुराहरुका साथमा र जानकारीकोन साथमा बस्न र खाना व्यवस्था गरिन्छ।विशेष गरेर पर्यटकहरुका लागि टपरा र दुनामा खाना पस्किने गरिन्छ। पर्यटकहरुका लागि जैविक खानेकुराको साथमा जातीय पहिचानका कुराहरुको जानकारीको साथमा खाने र बस्ने व्यवस्था गर्नेे गरिन्छ।
तोशिफु होम स्टेका सञ्चालक किरण सुनवारले खरसाङलाई पर्यटकीय मानचित्रमा दह्रिलो उपस्थिति दिलाउन कम्मर कसेका छन्। उनले खरसाङलाई प्रमोट गर्ने उद्देश्य राखेका छन्। यसको लागि खरसाङ टुरिज्म कन्जरभेशन एसोसिएसन गठन भएको र आफु पनि उक्त समूहमा रहेको बताउँछन्। उनले पहिला दार्जिलिङ पहाडमा जस्तो प्रकारले पर्यटकहरु आउने गर्दथे तर अहिले घटेको कारणले दार्जिलिङको पुरानो गरिमालाई फर्काएर ल्याउने कोशिष गरिरहेको बताएका छन्। पत्रकारहरुसित कुराकानी गर्दै किरण सुनवारले आफ्नो होम स्टेमा विशेष गरेर बंगालको विभिन्न स्थलहरर लगायत उत्तर बंगाल, दक्षिण भारत, आसाम साथै अरू स्थानहरुबाट पर्यटकहरु आउने गरेको बताएका छन्। उनले खरसाङको डाउहिल भिक्टोरिया क्षेत्र ब्रिटिशहरुले बसाएको धरोहर ठाउँ हो जहाँ अहिले निक्कै बेसी पर्यटकहरु आउने गरेको छ। उनले खरसाङलाई पर्यटकीय मानचित्रमा दह्रिलो बनाउन र खरसाङलाई पर्यटकीय स्थलको रुपमा प्रमोट गर्नलाई विभिन्न पर्यटन महोत्सवहरु आयोजना गरिनु पर्ने साथै यहाँका पर्यटकीय स्थलहरूलाई वन विभाग, चियाबारीहरुसित मिलेर कार्य गर्न आवश्यक रहेको बताएका छन्।