दुई लाख नगदराशि भएको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट आयोजना हुने

IMG-20241125-WA0250

खरसाङ: दुई लाख नगदराशि भएको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। उक्त फुटबल टुर्नामेन्ट तीनधारेको मिठाईडाँडा खेल मैदानमा आगामी १५ दिसम्बरदेखि आयोजना गरिने भएको छ।‌ उक्त नक आउट फुटबल टुर्नामेन्टको आयोजना युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनले गर्ने भएको छ। ९-९ जना खेलाडी रहने उक्त नक आउट फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीको साथमा नगदराशि २ दुई लाख अनि उप विजेता दललाई ट्रफीको साथमा १ लाख प्रदान गरिने भएको छ।‌यस नक आउट फुटबल टुर्नामेन्टमा सहभागिताको लागि आगामी ७ दिसम्बरभित्र प्रवेश शुल्क ५००१ रुपियाँ दिएर गर्नु पर्ने जानकारी रञ्जित थापाले पत्रकारहरुसित कुराकानी गर्दै दिएका छन्। उनले यसपाली तीनधारेमा नक आउट फुटबल टुर्नामेन्टको आयोजना भईरहेको र यस फुटबल टुर्नामेन्टमा सहभागिताको लागि सबैले आगामी ७ दिसम्बरभित्र प्रवेश शुल्क ५००१ रुपियाँ बुझाउनु पर्ने बताएका छन्‌ उनले पहिलो २० वटा टिमहरुलाई प्रथम प्राथमिकता दिइने जानकारी गराएका छन्। उनले यसपाली तीनधारेमा आयोजना भईरहेको नगदराशि नक आउट फुटबल टुर्नामेन्टमा देश विदेशबाट पनि फुटबल टिमहरु आउने भएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement