१० महिनामा एक्काइस लाखले गरे विदेश यात्रा

IMG-20241125-WA0247

काठमाण्डू: सन् २०२४ को १० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २१ लाखभन्दा बढी यात्रुले बाह्य देशको यात्रा गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सो अवधिमा भएका २८ हजार ८ उडान-अवतरणमार्फत ३८ लाख २७ हजार ३११ यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन्, जसमध्ये २१ लाख ४६ हजार १८७ यात्रु बाहिरिएका छन् भने १८ लाख ४६ हजार १८७ यात्रु भित्रिएका छन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “सन् २०२४ को अक्टोबरसम्म ३८ लाखभन्दा बढी यात्रुले बाह्यतर्फको उडान सेवा लिएका छन्। अक्टोबरमा मात्रै गत वर्षभन्दा ६० हजारभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्।” सन् २०२३ को अक्टोबरमा ४ लाख ६२ हजार २४० यात्रुले ओहोरदोहोर गरेका थिए भने सन् २०२४ को सोही अवधिमा ५ लाख ८ हजार ११६ यात्रुले हवाई सेवा लिएका छन्।
अहिले विमानस्थल विस्तारको काम जारी रहेकाले अर्का वर्ष थप उडान र यात्रुको सङ्ख्यामा थप बढोत्तरी हुने उनले बताए। विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङ वे, ह्याङ्गर निर्माण र समानान्तर ट्याक्सी वे विस्तारको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै हाल राति १० बजेपछि हुँदै आएका छ वटा उडान बन्द भए पनि हवाई यात्रुको सङ्ख्या भने यथावत् नै रहेको उनको भनाइ छ ।
सन् २०२४ को जनवरीमा २ लाख ५ हजार ६५, फेब्रुअरीमा ३ लाख ९५ हजार ३७४, मार्चमा ४ लाख ५४ हजार ६८९, अप्रिलमा ४ लाख ५० हजार ४५२, मेमा ५ लाख एक हजार ६६, जुनमा ३ लाख ६३ हजार ५९१, जुलाईमा ३ लाख ५६ हजार ४४, अगस्टमा ३ लाख ५८ हजार ३८८, सेप्टेम्बरमा २ लाख २७ हजार ५५३, अक्टोबरमा ५ लाख ८ हजार ११८ यात्रुले बाह्यतर्फको हवाई सेवा लिएको छ।
अन्तर्राष्ट्रियतर्फ यस वर्ष सबैभन्दा बढी यात्रु बोक्नेमा कतार एयर रहेको छ। कतारले करिब १९ सय उडान-अवतरणमार्फत पाँच लाख यात्रु बोकेको छ। दोस्रो नम्बरमा रहेको नेपाल वायु सेवा निगमले २३ सय ८० उडान अवतरणमार्फत करिब पाँच लाख यात्रु बोकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement