सिलगढी: भक्तिनगर थानाको पुलिसले आपराधिक घटना गर्न खोजको शंकामा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवदास, टिंकु सरकार, महादेव अधिकारी, शंकर सोनार र दीपक दास रहेका छन्। पक्राउ परेकाहरू सिलगढीका विभिन्न क्षेत्रका बासिन्दा हुन्। पुलिस स्रोतको समाचारअनुसार सिलगढीको हैदरपाडास्थित मार्केट कम्प्लेक्समा आइतबार राति केही अपराध गर्नमा व्यस्त थिए। त्यसपछि भक्तिनगर पुलिस चौकीले छापा मारेर ५ जनालाई पक्राउ गर्यो। पक्राउ परेकाहरुबाट धेरै सामान बरामद भएको बताइएको छ। उनीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।