गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको तत्वावधानमा आयोजना हुन लागिरहेको सब् जुनियर ब्याडमिन्टन नेशनलमा सिक्किमका पॉंच युवा प्रतिभाहरूले राज्यलाई प्रतिनिधित्व गर्ने भएका छन्।उक्त टुर्नामेन्ट २७ नोभेम्बरदेखि ३० नोभेम्बर, २०२४ सम्म जम्मूमा हुनेछ।एसोसिएशन अफ् सिक्किम (बीएएस) अनुसार, उक्त प्रतिष्ठित टुर्नामेन्टको निम्ति तीन केटा र दुई केटी चयनित भएका छन्। केटा खेलाड़ीहरूमा सन्दीपन शिलाल, पूर्वान्श प्रसाद र अल्विन राई सामेल छन् भने केटी खेलाड़ीहरूमा शुरभी गुरुङ र आकृति अधिकारी रहेका छन्। राज्य टोलीसॅंग दुई अधिकारी पनि जानेछन् भने प्रमुख प्रशिक्षक समीर गुरुङले टोलीलाई नेतृत्व गर्नेछन्।आज खेलाड़ीहरूलाई सर सामानहरू वितरण गरिएको छ। यस अवसरमा बीएएसको चयन समितिका अध्यक्ष दिवाकर राई, बीएएस र ब्याडमिन्टन एसोसिएशन अफ् नाम्चीका कार्यकारी सदस्यहरू उपस्थित थिए।