गुवाहाटी(असम): राज्यमा भएका अलग-अलग दुर्घटनाहरूमा तीनजना मानिसहरूको मृत्यु भयो भने अन्य केही गम्भीर रूपमा घाइते भए। चापर नजिक बहलपुर नाथपारामा एउटा बिसाएको ट्र्याक्टरलाई मोटरसाइकलले धक्का दियो जसमा स्थानीय हेमन्त नाथको घटनास्थलमै मृत्यु भयो भने अर्को व्यक्ति तरूण नाथ गम्भीर रूपमा घाइते भए जसलाई तत्काल उपचारको निम्ति बंगाईगाउँ लगियो।त्यसरी नै ग्वालपाराको माकरीमा राष्ट्रिय राजमार्ग- १७ मा स्विफ्ट कार औ मोटरसाइकल आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा बंगाईगाउँ निवासी शंकर बरम्नको मृत्यु भयो। अर्का सवारी मोन्टु राभालाई गम्भीर चोट लाग्यो। यस अतिरिक्त बिश्वनाथको बाघमारी सेन्टरमा एउटा द्रूत गतिको ट्रकले मनोज दास उपनाम अपु दासको ज्यान लियो। अधिकारीहरूले ट्रकलाई जफ्त गरेका छन्। पुलिस अग्रिम कानूनी कारबाहीमा जुटेको छ।