लोहित नदीमा डुबे पूसीरेका अधिकारी

IMG-20240723-WA0063

गुवाहाटी(असम): पूर्वोत्तर सीमा रेलवे (पूसीरे)- का एकजना अधिकारी परशुराम कुण्ड नजिक लोहित नदीमा डुबे। पूर्वोत्तर सीमा रेलवेका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले सोमवार बताए, प्रधान मुख्य सुरक्षा अधिकारी सुवेन्दु चौधरी (५५ वर्ष) गए २४ नोभेम्बरको अपरान्ह लगभग १२.३०-देखि ०१ बजेबीच अरुणाचल प्रदेशको परशुराम कुण्ड छेउ लोहित नदीको तीव्र प्रवाहमा बगेपछि बेपत्ता भएका छन्।स्थानीय पुलिस, स्थानीय मछुआरा, एसडीआरएफ औ सेनाद्वारा जारी एवं समन्वित बचाउ प्रयास भइरहेको भए पनि यो समाचार लेखुञ्जेलसम्म उक्त अधिकारीको बारेमा पत्तो लाग्न सकेको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement