आमुक्त परिवार च्याम्पियन

२९ अगस्तः अलिपुरद्वारमा भएको पाँचौं वनडे (डे-नाइट) नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा सिलगढ़ीको आमुक्त परिवार च्याम्पियन भयो। सनराइज क्लब (संकोस फरेष्ट भिलेज, अलिपुरद्वार)-को आयोजनमा आइतवार भएको यस टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको थियो। आफ्नो पहिलो दुईवटा म्याच जितेपछि आमुक्त परिवारले रोमाञ्चक फाइनलमा राइजिंग स्टार क्लब (संकोस टी.जी.)-लाई सडन डेथमा पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

टुर्नामेण्टमा युनाइटेड ब्रदर्सको स्थानमा चाहिँ सञ्जु फुटबल एकाडमीले हिस्सा लिएको थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा पेमा तामाङको प्रशिक्षणमा रहने आमुक्त परिवारका राजेश अधिकारीले बेस्ट गोलकीपर, शुभम तामाङले प्लेयर अव् द टुर्नामेण्ट, साहिल छेत्रीले बेस्ट डिफेण्डर र बिरेन प्रधानले प्लेयर अव् द म्याच (फाइनल)-को पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement