निलम्बित इन्स्पेक्टर विनुसहित ६ जना विरुद्ध मुद्दा दायर

IMG-20241125-WA0208

काठमाण्डू: व्यवसायीलाई हनिट्रयापमा पारी आर्थिक लाभ लिएको कसुरमा निलम्बित प्रहरी इन्स्पेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले आज ललितपुर जिल्ला अदालतमा निलम्बित प्रहरी इन्स्पेक्टर शाहीसहित प्रहरी सहायक हवलदार महेन्द्र हमाल, दर्शन पोखरेल, भीमादेवी थापा, तजम्मुल इस्लाम र सुस्मा विश्वकर्माविरुद्ध मुद्दा दायर गरेको हो। ललितपुरको भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर शाहीसहितको गिरोहले बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलेको खुल्न आएको थियो।
यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश पेश गरेको थियो। निलम्बित इन्स्पेक्टर शाही अहिले फरार छिन् ।साथै, उक्त घटनामा तानिएका प्रहरी उपरीक्षक कमल थापालाई भने प्रतिवादी बनाइएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी एसपी थापालाई प्रतिवादी नबनाइएपनि बयान भने लिइएको छ। बयानको क्रममा उनले आरोप अस्वीकार गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement