सोनादामा दार्जिलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्कको चौधौं शाखाको उद्धाटन

IMG-20220523-WA0163.jpg

सोनादा: कृषकहरू एवं निम्न वर्गीय जनमानसको जीवनस्तरलाई सुधार गर्नको निम्ति दार्जिलिङ जिल्लामा नवौं वा पहाडमा चौधौं शाखाको रूपमा सोनादामा दार्जीलिङ जिल्ला केन्द्रीय सहकारी ब्याङ्क  सोनादा शाखाको उद्घाटन गरिएको छ। उक्त उदघाटन कार्यक्रम आरपी निरौलाको सभापतित्व अनि डीआरसीएस दार्जिलिङ रेन्ज ममता सुब्बाको मुख्य आतिथ्यमा सम्पन्न भएको छ। सोनादा पेट्रोल पम्प चौकी डाँडामा नवनिर्मित दार्जीलिङ जिल्ला केन्द्रीय सहकारी ब्याङ्क विशेष रूपमा कृषक अनि कमानबस्तीका मानिसहरुको जीवनस्तरलाई उन्नत  तुल्याउनको निम्ति अनि सजिलै ब्याङ्क खाता खोल्न सकिने वक्ताहरुले जनाउँदै सहकारी ब्याङ्कको ६३औं वर्षगाँठमा नयाँ माइलखुट्टी नाघेको छ। नयाँ उचाईमा छोएको छ यो शाखा दार्जिलिङ अनि कालेबुङ जिल्लामा चौधौं शाखा हो जो सोनादाको निम्नवर्गीय मानिसहरुको जीवनस्तरलाई उन्नत तुल्याउन सकिने बताइएको छ। यस क्षेत्रका कृषक अनि चियाकमानका मानिसहरुले फाइदा उठाउन सक्ने वक्ताहरुले जनाउँदै यस दार्जिलिङ जिल्ला केन्द्रीय सहकारी ब्याङ्कमा जो कोही उपभोक्ताको खाता खोलिन्छ र सहकारी ब्याङ्कको सदस्य भएपछि उनीहरु यस ब्याङ्कको पतिवार बन्नेछ भन्दै अन्य वाणिज्य ब्याङ्कहरुभन्दा कम्ती ब्याज दरमा सजिलै ॠण प्राप्त गर्न सकिने पाँच प्रतिशतको दरले कृषकहरुले जस्तै माछापालन,वागवाणी आदि जस्ता उद्योगहरूका सञ्चालन गर्न सोसाइटीको माध्यमद्वारा ॠण प्राप्त गर्न सकिने बताएका छन्। निम्नवर्गका मानिसहरु जसले मासिक तलब पनि सहकारी ब्याङ्कमा सार्न सकिन्छ अन्य ब्याङ्कहरुमा जुन प्रकारले कागजपत्रको माध्यमद्वारा खाता खोलिन्छ सोही प्रकारले मतदान परिचय पत्र,आधार कार्ड,प्यानकार्ड अनि पासपोर्ट फोटोद्वारा सहकारी ब्याङ्कको खाता खोल्न सकिने बताएका छन्। ब्याङ्कका डेपुटी जेनेरल मेनेजर  रोशन शर्माले सञ्चालन गरेेेेको कार्यक्रममा ब्रान्च कमिटी अध्यक्ष नवराज गोपाल छेत्री ब्याङ्कका सीईओ स्वरूप बाग्ची, ब्याङ्कका निर्देशकगण विनोद क्षेत्री, शान्ति कुमार शर्मा, विनय देवान, दिपक क्षेत्री, सीडी बान्तवा सोनादा क्षेत्रका सम्पूर्ण विद्यालयहरुका प्रधान अध्यापक अध्यापिका अनि शिक्षक शिक्षिकागण साथै चिया कमानहरुका म्यानेजर आदिको उपस्थिति रहेको थियो। जिल्ला को-ओपरेटिभ इन्स्ट्रक्टर  सरगम बराइली, विशिष्ट साहित्यकार सुदर्शन अम्बटे, ब्याङ्कका म्यानेजर पूजा लामा, फिल्ड अफिसर्स विजय मल्ल अनि देबेन चन्द्र प्रधानको परिचय प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement