कोचबिहार: ‘मेरो शरीरमा एक थोपा रगत रहेसम्म म मेरो समुदायको एक जनालाई पनि खतरामा पर्न दिन्न’, कोचबिहार जिल्लाको फुलबारीमा आयोजित मिलन मेलामा राज्य नमशुद्र कल्याणकारी बोर्डका अध्यक्ष मुकुलचन्द्र वैराग्यले यसो भने। नमशुद्र समुदायका सयौंको उपस्थितिमा उनले आफ्नो समुदायको उत्थानका लागि आफू प्रतिबद्ध रहेको बताए। विशेष वक्ताको रुपमा मुकुल वैराग्यको उपस्थिति रहेको थियो। मुकुल वैराग्यले भने, ‘समाजका जनतालाई मेरो एउटै अनुरोध छ, तपाईहरुको खुशीको घडीमा मलाई निमन्त्रणा दिनुहुन्छ. तर कोही दु:ख, संकटमा परे, कसैलाई केही समस्या पर्यो भने मलाई फोन गर्नुहोस्। मेरो शरीरमा रगतको एक रहेसम्म समाजका एक जनालाई पनि खतरामा पर्न दिन्न।‘ मुकुल वैराग्य बाहेक अखिल भारतीय नमशुद्र विकास परिषद सञ्जीवन मण्डलका केन्द्रीय सचिव सचिदानन्द मल्लिक लगायतको उपस्थिति रहेको थियो।