सिलगढीबाट चोरी भएको गाडी मालदाबाट बरामद, तीन जना पक्राउ

IMG-20241125-WA0177-copy

 सिलगढी: यस महिनाको २१ तारिख सिलगढीको भक्तिनगर थाना क्षेत्रको अशरफनगरबाट एउटा आई-टेन कार चोरी भएको थियो। कारको मालिक सिक्किम घुम्न गएको खुलासा भएको छ। हिजो सिक्किमबाट फर्केका ती व्यक्तिले आफ्नो कार हराएको पाए। त्यसपछि उनले हिजो भक्तिनगर पुलिस चौकीमा उजुरी दिए। भक्तिनगर पुलिस स्टेशनले मालदा जिल्लाको रतुआबाट कार बरामद गरेको छ।  यो गाडीको जीपीआरएस लोकेशनबाट पहिचान भएको र त्यसपछि मालदा जिल्ला पुलिसको सहयोगमा पुलिसले कार बरामद गरेको र यस घटनामा संलग्न तीनजनालाई पनि पक्राउ गरेको बताइएको छ। मालदा जिल्ला पुलिसको सहयोगमा भक्तिनगर थानाले अहान सरफराज, मसूद आलम र शमीम अख्तरलाई पक्राउ गरेको हो। आरोपीको साथबाट चोरीको इटेन कार बरामद गरिएको छ। भक्तिनगर पुलिस थानाले गिरफ्तार आरोपीलाई सोमबार जलपाईगढी अदालतमा पेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement