जलपाईगढी: शहरको बीचमा बगिरहेको कर्ला नदीमा आज एक शव फेला परेपछि सनसनी फैलियोl सोमबार बिहान नदीमा माछा मारिरहेका केही मानिसहरूले जलपाईगढी थानाको पछाडि बगिरहेको कार्ला नदीमा एक शव तैरिरहेको देखे। खबर फैलिने बित्तिकै क्षेत्रका मानिसहरु भेला भए। खबर पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर खोलाबाट शव निकालेर पोस्टमार्टमका लागि शव गृहमा पठाएको छ। खोला किनारमा भेला भएका स्थानीयले शव एक अधबैंसेको भएको बताए पनि समाचार लेखेपनि मृतकको सनाखत हुनसकेको छैन। घटनाबारे कोतवाली पुलिस चौकीले अनुसन्धान शुरु गरेको छ।