आकाशियो सब्जीको मूल्य

IMG-20241125-WA0159

सिलगढी: सब्जीको भाउ आकाशिएको छ। यसैबीच, थोक तथा खुद्रा बजारमा सब्जीको मूल्यमा ठूलो अन्तर देखिएको छ। मूल्य वृद्धिलाई लिएर सर्वसाधारणमा आक्रोश बढ्दै गएको छ। यही पृष्ठभूमिमा कार्यदलले बजारमा छापा मारेको हो। कार्यदलको टोलीले सिलगढी विधान बजार पुगेर सब्जीको मूल्यबारे जानकारी लियो। बजारमा प्याजको भाउ बढ्दै गएपछि जनताले समस्यामा परेका छन्। प्याज मात्र होइन, आलुको मूल्य पनि ह्वात्तै बढेको छ। ग्राहकको मुखबाट एउटै कुरा निस्कन्छ, ‘आलु, प्याजदेखि सब्जी, सबै महँगो! थोक तथा खुद्रा बजारमा पनि भाउमा अन्तर देखिने हुँदा जनतामा असन्तुष्टि छ।‘ बजारमा प्याज ७० र ७५ रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। आलुको मूल्य प्रतिकिलो ३५ रुपियाँदेखि ४० रुपियाँसम्म रहेको छ। अन्य सब्जीको मूल्य पनि उच्च छ। सब्जीको भाउले सर्वसाधारण मर्कामा परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement