जिम्बाब्वेविरुद्ध पनि हाऱ्यो पाकिस्तान

IMG-20241125-WA0166

बुलावायो: पाकिस्तानले अझ एउटा निराशाजनक प्रदर्शनको साथ जिम्बाब्वेविरुद्ध वर्षाले वाधा पुऱ्याएको पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा डकवर्थ लुईस पद्धतिद्वारा ८० रनले हारको सामना गर्नु पऱ्यो। जीतको साथै आयोजक जिम्बाब्वेले ३ वटा वनडे म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै जिम्बाब्वेको टीम ४०.२ ओभरमा २०५ रन बनाएर अलआउट भयो। क्विन्स स्पोर्टस क्लबको चुनौतीपूर्ण परिस्थितिहरूमा जिम्बाब्वेको शीर्ष क्रमले संघर्ष गर्नु पऱ्यो। नवौं नम्बरमा ब्याटिंग गर्ने रिचर्ड नगारावाले सर्वाधिक ४८ रन बनाए। उनले ५२ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक अनुभवी सिकन्दर रजाले ३९ रनको योगदान दिए। एक समय जिम्बाब्वेको स्कोर ७ विकेटमा केवल १२५ रन रहे पनि रजा र नगारावाले आठौं विकेटको निम्ति ६२ रनको पार्टनरशीप गरी टीमलाई असल स्थितिमा पुऱ्याए। पाकिस्तानका बलरहरूमा सलमान अघा र फैसल अकरमले ३-३ विकेट लिए। त्यसपछि पाकिस्तानले लक्ष्यलाई खेदो गर्दै शुरुदेखि नै विकेट गुमाउन थाल्यो। यसरी २१ ओभरमा ६ विकेटमा ६० रनको स्कोर हुँदा वर्षा शुरु भयो अनि खेल हुन सकेन। डकवर्थ लुईस पद्धतिअनुसार त्यस समय लक्ष्य १४१ रन हुनाले जिम्बाब्वेले ८० रनले म्याच जित्यो। पाकिस्तानको तर्फबाट कप्तान मोहम्मद रिजवानले १९ र कामरान गुलामले १७ रन बनाए। जिम्बाब्वेका बलरहरूमा ब्लेसिंग मुजरबानी, सीन विलियम्स र सिकन्दर रजाले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement