दार्जीलिङ: जर्जियन युनाइटेड फूटबल क्लबले टर्जममा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। कालेबुङको टीमले आइतवार भएको फाइनल म्याचमा धोतरिया बालासन फूटबल क्लबविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट बिक्की र देवाशिष राईले १-१ गोल गरे। च्याम्पियन टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूमा च्याम्पियन जर्जियन युनाइटेडका कुञ्जमान थापाले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यसरी सचिन सुब्बाले बेस्ट गोलकीपर र गोलमशीन देवाशिष राईले बेस्ट गोलको पुरस्कार जिते। यसरी डीबीएफसी टीमका सौरभ तामाङले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी जिते।