दुर्घटनामा परेर पूर्व पञ्चायतको मृत्यु

IMG-20241124-WA0211

गान्तोक: लामातेन रोलेप मार्गमा आज भएको दुर्घटनामा पूर्व पञ्चायत नोपू थाजेको मृत्यु भएको छ। एनएचआईडीसीएलद्वारा निर्माणाधीन अवस्थामा रहेको लामातेन र रोलेप मार्ग अन्तर्गत एसके टर्निङमा बाटोमाथिबाट झरेको एउटा ठूलो ढुङ्गा वाहनमाथि झर्दा उनको मृत्यु भएको बताइएको छ।
भाजपा कार्यकर्ता साङ्गे ग्याछो भोटियाले प्रारम्भिक जॉंचमा सड़क निर्माणको कार्यमा भएको लापरवाहीका कारण उक्त दुर्घटना घटेको कुरा अघि आएको आज जारी एक प्रेस विज्ञप्तिमा जनाएका छन्।
उनले प्राधिकरण समक्ष निर्माण अभ्यासहरू र सुरक्षा उपायहरूलाई लिएर जॉंचको माग गरेको छन्। उनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement