जेद्दा: विकेटकीपर ब्याटर रिषभ पन्त इण्डियन प्रीमियर लीग (आईपीएल) इतिहासको सबैभन्दा महँदो खेलाड़ी बनेका छन्। सऊदी अरबको जेद्दामा जारी आईपीएलको मेगा लिलामीमा पन्तलाई लखनऊ सुपर जायण्ट्स (एलएसजी)-ले रेकर्ड २७ करोड़ रुपियाँमा हासिल गऱ्यो। आईपीएलको गत संस्करणसम्म अष्ट्रेलियाका पेस बलर मिचेल स्टार्क सबैभन्दा महँगो खेलाड़ी थिए। उनलाई गत लिलामीमा कलकत्ता नाइट राइडर्स (केकेआर) ले २४.७५ करोड़ रुपियाँमा किनेको थियो तर आज लिलामीको शुरुमै उनको रेकर्ड तोड़ियो । सबैभन्दा पहिला ब्याटर श्रेयस अय्यरले उनको रेकर्ड तोड़े। अय्यरको निम्ति पञ्जाब किंग्सले २६.७५ करोड़ रुपियाँ खर्च गऱ्यो। त्यसपछि अय्यरको रेकर्ड पनि अधिक समयसम्म कायम रहन अनि पन्तले २७ करोड़ रुपियाँको बोली हासिल गरी नयाँ रेकर्ड बनाए। पन्त र श्रेयस दुवैको बेस प्राइस २ करोड़ रुपियाँ रहेको थियो। पन्तले आईपीएलमा १११ वटा म्याच खेलेर ३५.३१-को औसत र १४८.९३-को स्ट्राईक रेटले एउटा शतक र १८ वटा अर्द्धशतकको साथ ३२८४ रन बनाएका छन् । मेगा लिलामीको पहिलो दिन अन्य भारतीय खेलाड़ीहरूमाथि पनि पैसाको वर्षा भयो। यसमा अलराउण्डर भेंकटेश अय्यरको निम्ति केकेआर-ले २३.७५ करोड़ रुपियाँको बोली लगायो। यसरी स्टार पेस बलर अर्शदीप सिंहले पनि १८ करोड़ रुपियाँको बोली पाए। उनलाई पञ्जाब किंग्सले हासिल गऱ्यो। यसबाहेक आईपीएल इतिहासका सफलतम बलर स्पिनर युजवेन्द्र चहलको निम्ति पनि पञ्जाब किंग्सले १८ करोड़ रुपियाँ खर्च गऱ्यो। केएल राहुल १४ करोड़ रुपियाँमा बिके। उनलाई दिल्ली क्यापिटल्सले हासिल गऱ्यो। आरसीबी-का पूर्व पेस बलर मोहम्मद सिराजलाई गुजरात टाइटन्सले १२.२५ करोड़ रुपियाँमा किन्यो। चोटमुक्त भएर हालै खेलमा फर्किने पेस बलर मोहम्मद शमीको निम्ति सनराइजर्सले १० करोड़ रुपियाँको बोली लगायो। यसरी रविचन्द्रन अश्विनको निम्ति सीएसके-ले ९.७५ करोड़ रुपियाँ खर्च गऱ्यो। यसरी अलराउण्डर हर्षल पटेल ८ करोड़ रुपियाँमा सनराइजर्समा गए। अन्य भारतीयहरूमा ईशान किशन (११.२५ करोड़, सनराइजर्स), जितेश शर्मा (११ करोड़, आरसीबी), पेस बलर प्रसिद्ध कृष्णा (९.५० करोड़, गुजरात टाइटन्स), आवेश खान (९.७५ करोड़, एलएसजी), टी नटराजन (१०.७५ करोड़, दिल्ली क्यापिटल्स) र खलील अहमद (४.८० करोड़, सीएसके)-ले पनि असल बोली पाए।
विदेशका खेलाड़ीहरूमा ईंग्ल्याण्डका दिग्गज ब्याटर जोस बटलरलाई गुजरात टाइटन्सले १५.७५ करोड़ रुपियाँमा किन्यो। ईंग्ल्याण्डकै पेस बलर जोफ्रा आर्चरको निम्ति राजस्थान रोयल्सले १२.५० करोड़को बोली लगायो। अष्ट्रेलियाका जोस हेजलवुडलाई पनि आरसीबी ले १२.५० करोड़मै हासिल गऱ्यो। अष्ट्रेलियाई पेस बलर मिचेल स्टार्कले चाहिँ यसपाली आधाभन्दा कम्ती पैसा पाए। स्टार्कलाई दिल्ली क्यापिटल्सले ११.७५ करोड़ रुपियाँमा हासिल गऱ्यो। अष्ट्रेलियाई अलराउण्डर मार्कस स्टोइनिसको निम्ति पञ्जाब किंग्सले ११ करोड़ खर्च गऱ्यो। ईंग्ल्याण्डका ब्याटर फिल सल्टलाई आरसीबी-ले ११.५० करोड़ रुपियाँमा किन्यो। दक्षिण अफ्रिकाका दिग्गज पेस बलर कगिसो रबाडा १०.७५ करोड़को बोलीमा गुजरात टाइटन्समा सामेल भए। अन्य विदेशी खेलाड़ीहरूमा अष्ट्रेलियाका जेक फ्रेजर-म्याकगुर्क ९ करोड़ (दिल्ली क्यापिटल्स), ईंग्ल्याण्डका लियाम लिविंगस्टोन (८.७५ करोड़, आरसीबी), दक्षिण अफ्रिकाका डेविड मिलर (७.५० करोड़, एलएसजी), न्यूजील्याण्डका डेवोन कन्वे (६.२५ करोड़, सीएसके), अष्ट्रेलियाका ग्लेन म्याक्सवेल (४.२० करोड़, पञ्जाब किंग्स) र ईंग्ल्याण्डका ह्यारी ब्रूक (६.२५ करोड़, दिल्ली क्यापिटल्स)-ले पनि असल बोली पाए।