गान्तोक: मुख्यमन्त्री प्रेमसिँह तामाङले राभङला निवासी एक फूटबलप्रेमी युवा अनोज छेत्रीलाई आफ्नो फूटबल बुट उपहारस्वरूप प्रदान गरेका छन्। यो पहलले मुख्यमन्त्रीको खेलभावनासंगै युवाहरुप्रति प्रोत्साहनको उदाहरण प्रस्तुत गरेको छ। आज राजधानीस्थित पाल्जोर स्टेडियममा सम्पन्न भएको मुख्यमन्त्री एकादश र जीटीए एकादशबीचको अविस्मरणीय फूटबल प्रदर्शनी खेलमा आफूले लगाएको बुट राभङला निवासी समर्पित फुटबल उत्साही अनोज छेत्रीलाई उपहार स्वरूप प्रदान गरेका छन्। अनोजले सामाजिक सञ्जालमा मुख्यमन्त्रीलाई उक्त बुट प्रयोग गरेपछि आफूलाई दिन मुख्यमन्त्रीसित अनुरोध गरेका थिए। प्रदर्शनी खेल सकिएपछि आज मुख्यमन्त्रीले आफूले लगाएको उक्त बुट अनोजलाई दिंदै सामाजिक सञ्जालमा गरिएको एउटा अनौठो अनुरोध पुरा गरिदिएका छन्। सामाजिक सञ्जालमा गरिएको उनको अनुरोधलाई स्वीकार गर्दै मुख्यमन्त्रीले खेल सकिएपछि आफूसित भेटेर बुट लिने सुझाव दिएका थिए।

सिक्किमका जनतासँग आफ्नो न्यानो सम्बन्धका लागि परिचित मुख्यमन्त्रीले अनोजको अनुरोधको सम्मान गर्दै खेलप्रतिको उनको प्रेमको कदरको प्रतिककोरूपमा अनोजलाई उक्त बुट उपहारस्वरूप दिएका हुन्। यो क्षणले मुख्यमन्त्रीको दृष्टिकोण र खेलभावनाको उदाहरण स्पष्ट भएको छ।