गान्तोक: रानीपुल नजिकस्थित नाम्लीको सिक्किम विज्ञान केन्द्रमा मानिसहरुको संख्या लगातार बढ़िरहेको छ। भारत सरकारको संस्कृति मन्त्रालयद्वारा २००८मा स्थापित उक्त नेश्नल काउन्सिल अफ साइन्स म्युजियम मानिसहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। उक्त केन्द्र भारत सरकार र सिक्किम सरकारको विज्ञान प्रविधि विभागबीचको सहयोगमा तयार गरिएको हो। यस केन्द्रमा गत केही महिनाहरूमा आगन्तुकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको उल्लेख केन्द्रले गरेको छ। यो वृद्धिले यसको अन्तरक्रियात्मक कार्यप्रणाली, प्रदर्शनी, शैक्षिक कार्यशालाहरू र अत्याधुनिक वैज्ञानिक गतिविधिहरुको बढ्दो लोकप्रियतालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेको छ। विद्यार्थी र पर्यटकहरूलाई समान रूपमा संलग्न गर्न यस केन्द्रले अत्याधुनिक डिजिटल तारामण्डल, थ्रीडी चलचित्र थिएटर, विज्ञान ग्यालरीहरू, एक इनोभेसन हब, नानीहरुको गतिविधि कर्नर र एक विशाल विज्ञान पार्क तयार गरेको छ। यस्ता सुविधाहरूले आगन्तुकहरूलाई वैज्ञानिक सिद्धान्तहरू र तकनिकीबारे जानकारी गराउने जानकारी गराएको छ। विशेष गरी, रोबोटिक्स, भौतिक र जीव विज्ञान, इलेक्ट्रोनिक्स र कम्प्युटर प्रोग्रामिङ कार्यशालाहरूमा नियमित रूपमा भाग लिने विद्यालयहरूलाई आकर्षित गरेको छ। यस वर्ष सेन्ट जोन, बहाई स्कूल, टाशी नामग्याल एकाडेमी, माउन्ट जिओन किड्जी, सीसीटी चिसोपानी, मञ्जुश्री पब्लिक स्कूल, तुम्लाबुङ जुनमियर हाई स्कूल, प्रधानमन्त्री श्री सरकारी हाई स्कूल मंगन, बृहस्पति प्रसाई सेकेण्डरी स्कूल रानीपुल, हर्कमाया कलेज अफ एजुकेशन, पाचेखानी सेकेण्ड स्कूल, रोड़ाथाङ सेकेण्डरी स्कूल, लिंके सेकेण्डरी स्कूल आदिका विद्यार्थीहरुले सक्रियतासितक भाग लिएका थिए। गत अप्रेलदेखि अक्टोबर २०२४ सम्म, केन्द्रमा ३,१८१ आगन्तुकहरूले भ्रण गरेको जानकारी गराएको छ। यो पछिल्लो समयको भन्दा नयाँ रेकर्ड मानिएको छ। यस वर्ष बढ्दो भीडको श्रेय सम्बन्धित सरोकारवालाहरूसँगको नेटवर्किङ, शिक्षा विभागको बलियो सहयोग, राम्रो सुविधा, प्रत्येक आगन्तुकलाई प्रदान गरिएको ध्यानलाई श्रेय दिन सकिने जानकारी गराएको छ। सिक्किम विज्ञान केन्द्रमा आगन्तुकको लागि समय तालिका बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म रहेको छ।