सिलगढ़ी:: विद्या भारती उत्तर बंगको वार्षिक साधारण सभा २०२४ आज शताब्दी सदनमा सम्पन्न भयो। सभामा पूर्व क्षेत्रका सह संगठन मन्त्री पार्थ घोष, प्रान्त अध्यक्ष जगन्नाथ दास, मन्त्री देवाशीष लाला र संगठन मन्त्री रमाकान्त महन्त विशेष रूपमा उपस्थित थिए।सभामा प्रान्तको वार्षिक पत्रिका ‘अर्पण’ विमोचन गरियो। सभामा प्रान्तका अन्य पदाधिकारीहरू र कायकारिणी सदस्यहरू पनि उपस्थित थिए। विद्या भारती उत्तर बंगको प्रान्त कार्यालय शताब्दी सदन, सिलगढ़ीमा उक्त सभा चलिरहेको जानकारी गराइएको छ।