एक महिलाले आफ्नो पतिको अर्की महिलासँग सम्बन्ध रहेको आशंका गरिन्। यही आशंकाका कारण उनले यस्तो डरलाग्दो कदम चालेकी थिइन् जसले उनलाई जेलमा हाल्यो। ती महिलालाई तीन वर्षको जेल सजाय सुनाइएको छ। वास्तवमा महिलाले चक्कुले पतिको गोप्य अंग काटिन्। यो घटना हुँदा पति निद्रामा थिए। यो घटना जाम्बियाको हो, जहाँ ४ अगस्तमा महिलाले आफ्ना पतिमाथि आक्रमण गरेकी थिइन्। उक्त मुद्दामा यसै हप्ता अदालतले महिलालाई सजाय सुनाएको हो।
डेली स्टारको रिपोर्टअनुसार घटना जाम्बियाको कपिरी मपोशीको हो। यहाँ गिभेन चिलुफाया नामकी महिलाले आफ्ना पति जिमी एनग्लुबेमाथि आक्रमण गरेकी हुन्। चिलुफयाले पतिलाई भनिन्, ‘तिम्रो अर्की महिलासँग सम्बन्ध छ। यही विषयलाई लिएर दुवैबीच निकै झगडा भएको थियो। झगडा गरेपछि दुवै सुत्न गए। तर एनग्लुबे सुतेपछि उनकी पत्नी चिलुफायाले चक्कुले उनको गोप्य भाग काटिन्। एनग्लुबेले आफ्नी पत्नीलाई चक्कु लिएर उनको अगाडि उभिएकी देखे। पीडाले विलाप गर्दै, एनग्लुबेले आफ्नो भाइलाई बोलाए जसले उनलाई अस्पताल लगे। जहाँ डाक्टरहरूले शल्यक्रिया गरेर उनको काटिएको भाग जोडिदिए। एनग्लुबेले आफ्नी पत्नीविरुद्ध पुलिससमक्ष उजुरी दिएका छन्। त्यसपछि पुलिसले चिलुफयालाई पक्राउ गरेको थियो। मुद्दा अदालत पुग्यो, जहाँ दुवै पक्षको तर्क सुनेर न्यायाधीशले चिलुफयालाई दोषी ठहर गरेको हो। उनलाई २६ अगस्तमा तीन वर्षको जेल सजाय सुनाइएको थियो।