रोहिणीमा पर्यटकहरुको लागि ‘लञ्च इन जंगल’ सञ्चालन शुरु: सभासद कल्पना प्रधानद्वारा भ्रमण

IMG-20241124-WA0192

खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणीमा सञ्चालन भइरहेको एडभेञ्चर टुरिज्मको विभिन्न स्थलहरुमा आउने पर्यटकहरुका लागि ‘लञ्च इन जंगल’ सञ्चालन शुरु गरिएको छ। उक्त ‘लञ्च इन जंगल’ को गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मातृ अनि शिशु कल्याण विभागको कार्यकारी सभासद एंव क्षेत्रीय सभासद कल्पना प्रधानको विशेष उपस्थितिमा‌ रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनद्वारा शुरु गरिएको छ। वर्तमानमा रोहिणी क्षेत्रमा एडभेञ्चर टुरिज्मको विभिन्न स्थलहरु सञ्चालन भइरहेको छ भने त्यसै अनुरुप पर्यटकहरुका लागि दिउँसोको खानाको व्यवस्था गर्नलाई उक्त लञ्च इन जंगल’ को सञ्चालन शुरु गरिएको छ।‌ उक्त अवसरमा क्षेत्रीय सभासद कल्पना प्रधानले आज रोहिणी क्षेत्रमा सञ्चालन भइरहेको एडभेञ्चर टुरिज्मको स्थलहरुको स्थलगत भ्रमण निरीक्षण पनि गरेका छन्। उनी आज रोहिणी क्षेत्रमा रहेको एडभेञ्चर टुरिज्मको स्थलहरुको रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको निमन्त्रणामा‌ भ्रमण निरीक्षण गरेका छन्।‌ उनले रोहिणीमा रहेको एटिभी रईडिङ स्थल, रोहिणी र तीनधारेको नयाँ कमान जोड्ने लेप्चा खोलामा रहेको पुल, खोला, पर्यटकहरुका लागि निर्माण गरिएको लञ्च इन जंगल’ को पनि निरीक्षण गरिन्।‌ उक्त क्षेत्रमा उनी केही क्षण समय बिताएका थिए।‌ विशेष गरेर रोहिणी क्षेत्रमा सञ्चालन भइरहेको एडभेञ्चर टुरिज्मको स्थलहरुमा आउने पर्यटकहरुका‌ लागि यो प्राकृतिक र परम्परागत खानपानको रुपमा सञ्चालनमा ल्याएका छन्। यस क्रममा रोहिणीको लियोपार्ड वाटर फल्ससम्म ट्रेकिङ गरेर फर्किएर आएपछि यस क्षेत्रमा पर्यटकहरुले दिउँसो खाना खाने व्यवस्था गरिने जानकारी प्राप्त भएको छ। यस अवसरमा रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको सदस्यहरु उपस्थित रहेका थिए।‌ यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद कल्पना प्रधानले आजदेखि रोहिणीमा‌ पर्यटकहरुका लागि ‘लञ्ज इन जंगल’ सञ्चालन शुरु गरिएको छ र यस अवसरमा रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको निमन्त्रणामा‌ आफु यहाँ क्षेत्रीय सभासदको रुपमा उपस्थित रहेका बताइन्। उनले भनिन्: ‘रोहिणीमा युवाहरुले पर्यटन क्षेत्रमा राम्रो काम गरेको र रोहिणी अहिले पर्यटन हब बनेको छ।‌ रोहिणीमा‌ प्रकृतिले दिएको राम्रो सुन्दरता छ।‌ अहिले यहाँ पर्यटन व्यवसाय राम्रो प्रकारले फस्टाएर गएको छ। यस क्षेत्रमा भईरहेको पर्यटन व्यवसायको‌ उन्नतिमा जीटीए प्रमुख अनित थापा र आफु पनि खुशी छु।’
सभासद कल्पना प्रधानले अघि भनिन्:’रोहिणीका युवाहरुले प्राकृतिक सुन्दरतालाई सहीे रुपमा प्रयोग गरेर पर्यटनलाई अघि लानुको साथै रोजगारको अवसर पनि सिर्जना गरेका छन्।‌मेरो तर्फबाट रोहिणीका युवाहरुलाई पूर्ण रूपले साथ र सहयोग रहनेछ।’

यसको साथै रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको संयोजक सचिन खातीले रोहिणीमा सञ्चालन भइरहेको एडभेञ्चर टुरिज्मको स्थलहरुमा आउने पर्यटकहरुका लागि खाना उपलब्ध गराउनलाई आजदेखि ‘लञ्च इन जंगल’ सञ्चालन शुरु गरिएको जानकारी गराएका छन्। उनले यो ‘लञ्च इन जंगल’ एकदमै ईको फ्रेण्डली र परम्परागत खानपानको साथमा खानाहरु उपलब्ध रहने भएको बताएका छन्। उनले सभासद कल्पना प्रधान र जीटीए प्रमुख अनित थापाले रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनलाई शुरुदेखि मोरल सपोर्ट दिन्दै आएको पनि बताएका छन्। खातीले आजको भ्रमणको लागि सभासद कल्पना प्रधानप्रति आभार प्रकट गरेका छन्
र रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको संयोजक सचिन खातीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement