पाँच डाँका पक्राउ

41f827ca-3f58-481c-ac3f-ef05e54e1faf-1536x863-1-1024x575

सिलगढी: बदमाशको योजनालाई असफल पार्दै प्रधाननगर पुलिस थानाले पाँचजनालाई पक्राउ गरेको छ। गोप्य श्रोतका आधारमा शनिबार राति प्रधाननगर पुलिस थानाका पुलिसलाई नियन्त्रित बजार क्षेत्रमा केही बदमाशहरु जम्मा भएको खबर प्राप्त भएको बताइएको छ। यो सूचना पाएलगत्तै पुलिसले त्यहाँ अपरेशन गरी पाँचजना अपहरणकारीलाई पक्राउ गरेको थियो। अभियुक्तहरुको नाम आकाश लामा, आशिक उराँ, सुरज मङ्गर, सुनिल उराँ र मोहम्मद आसिफ रहेका छन्। उनीहरु सबै सिलगुडीका विभिन्न क्षेत्रका बासिन्दा हुन्। उनीहरुको साथबाट लुटपाटमा प्रयोग हुने विभिन्न उपकरण बरामद भएको छ। आज सबैलाई सिलगढी अदालतमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement