गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा नर्थईष्ट युनाइटेड फूटबल क्लब च्याम्पियन भयो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको फाइनल म्याचमा नर्थईष्ट युनाइटेड फूटबल क्लबले गान्तोक हिमालयन स्पोर्टिंग क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको थियो। यसमा दुबई, मलेशिया, नेपाल र भूटानको ४ वटा विदेशी क्लब पनि सामेल थियो। आज फाइनल म्याच अघि पीएम इलेवेन र जीटीए इलेवेनबीच एउटा भेटरन मैत्री म्याच पनि खेलियो। प्रदर्शनी म्याचमा जीटीए इलेवेन ४-३-ले विजयी भयो।

म्याचमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि हिस्सा लिएका थिए।