फाँसीदेवामा सडक दुर्घटनामा परी अज्ञात महिलाको मृत्यु

IMG-20241124-WA0150

सिलगढी: फाँसीदेवा ब्लकको मुरलीगञ्ज चेकपोष्ट क्षेत्रमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएपछि क्षेत्रमा सनसनी मच्चिएको छ। अपरिचित महिलाको लाश सडकको छेउमा लडीरहेको अवस्थामा पहिले स्थानीयले देखेको बताइएको छ। त्यसपछि घटनाको जानकारी विधाननगर पुलिसलाई दिइएको थियो। घटनाको खबर प्राप्त हुनासाथ बिधाननगर थानाको पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाएको थियो। गाडीको धक्काबाट महिलाको मृत्यु भएको पुलिसको प्रारम्भिक अनुमान छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement