उर्लाबारी: मोरंगको उर्लाबारी नगरपालिका वडा नं ०५ चोकमा निर्माधिन नेपाल बैंक लिमिटेडको जग्गामा विबाद भए पछि उर्लाबारी नगरपालिकाले निर्माण सामग्री जफत गरेको छ। बैंक को ५ कठ्ठा जग्गामा निर्माणाधीन भवनको उत्तर तर्फ करिब ५ धुर जग्गा नरबढी सार्वजनिक जग्गा रहेको क्षेत्र खाली छोड्न उर्लाबारी नगरपालिकाले पटकपटक पत्राचार र अनुरोध गरेपनि बैंक ले सो जग्गा नछोडी निर्माण कार्यलाई निरंतरता दिएपछि नगरपालिका ले आज नगरप्रहरी पठाएर सामग्री जफत गरेको हो।

सो सार्वजनिक जग्गामा नगरपालिकाले सार्वजनिक शौचालय सहितको बहुउद्देश्यीय सार्वजनिक भवन निर्माण गर्ने लक्ष्य सहित बजेट बिनियोजन समेत गरिसकेको छ।