महाराष्ट्र विधानसभा चुनाउः भाजपाको जीत

6606ad176f936-bjp-295918153-16x9

मुम्बई: महाराष्ट्रमा विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा) ले सर्वाधिक १ करोड़ ७२ लाख ९३ हजार ६५० भोट पाएको छ। यी भोटहरूका साथै भाजपाले सर्वाधिक १३२ सीट हासिल गरेको छ।भोटहरूको मामिलामा कांग्रेस पार्टी राज्यमा दोस्रो नम्बरमा रहेको छ जबकि उसले केवल १६ सीट हासिल गर्नसकेको छ। चुनाउ परिणाम अनुसार, महाराष्ट्रमा कांग्रेसले ८० लाख २९ हजार ९२१ भोट पाएको छ र १६ सीट हासिल गरेको छ जबकि शिवसेना शिन्दू समूह भोटहरूको मामिलामा राज्यमा तेस्रो स्थानमा रह्यो र उसले ७९ लाख ९६ हजार ९३० भोट पाएको छ, जुन कांग्रेसभऩ्दा थोरै कम छ। शिवसेना शिन्दे समूहलाई ५७ सीट हासिल भएको छ। भोटहरूको मामिलामा शरद पवारको राष्ट्रवादी कांग्रेस पार्टी चौथो स्थानमा छ र उसले ७२ लाख ८७ हजार ७९७ भोट हासिल गरेको छ। शिवसेना यूबीटी भोटहरूको मामिलामा पाँचौं स्थानमा छ र उसले ६४ लाख ३३ हजार ०१३ भोट पाएको छ र २० सीट हासिल गरेको छ। अजित पवारको राष्ट्रवादी कांग्रेस पार्टी छैठौं स्थानमा छ र उसले ५८ लाख १६ हजार ५६६ भोट पाएको छ। अजीत पवारको राकांपाले ४१ सीट हासिल गरेको छ। महाराष्ट्र विधानसभा चुनाउमा भाजपाले कूल १४८ उम्मेदवार उतारेको थियो, यसमध्ये सर्वाधिक १३२ जितेका छन् र भाजपाको जितको स्ट्राइक रेट सर्वाधिक छ। यस्तै किसिमको स्ट्राइक रेट शिन्दे समूहको शिवसेना र अजीत पवारको राकांपाको पनि छ। जबकि कांग्रेसको स्ट्राइक रेट सबैभन्दा खराब रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement