वन विभागको निगरानी यथावत
जलपाईगुडी: डुअर्सको देवपाडा चिया बगानमा हात्तीको बथानबाट छुट्टिएर आएका हात्ती देखिएको छ। आइतबार बिहान बानरहाट ब्लकको देवपाडा चिया बगानमा हात्तीको झुण्ड पसेपछि सबै हात्ती गइसकेपछि पनि राष्ट्रिय राजमार्गको छेउमा रहेको देवपाडा चिया बगानमा एउटा हात्ती उभिएको छ। सायद उज्यालो आएकै कारण अरु हात्तीहरु जंगलमा फर्किए तर यो हात्ती त्यहीँ बस्यो। सूचना पाएलगत्तै बिन्नागुडी वाइल्ड लाइभ स्क्वाडका वन कर्मचारी घटनास्थल पुगेका थिए। चियाबारीबाट हात्तीलाई जङ्गलमा धपाउन कुनै पहल भइरहेको छैन। वनकर्मीले हात्तीको हिडडुलमा निगरानी गरिरहेका छन्। दिउँसो आफैं जंगल तर्फ जाने अपेक्षा गरिएको छ तर साँझसम्म जंगल तर्फ नगएपछि वनकर्मीले त्यसलाई फिर्ता गराउन पहल गर्नेछन्। यसैबीचअहिले राष्ट्रिय राजमार्गबाट गुड्ने सवारी साधनबाट मानिसहरु सडक छेउमा उभिएर हात्ती हेर्न ब्यस्त छन्।