सुनसरी: इटहरीमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक धर्मदेबी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिचान खुलिनसकेको सवारी साधनको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए।
घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उक्त दुई सवारी साधनको बिचमा चेप्टिएर दुर्घटनामा परेको हो।