स्पेनिश ला लीगाः बार्सिलोनाको निराशाजनक ड्र, एट्लेटिकोको रोमाञ्चक जीत

photocollage_2024112412930947

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाले फेरि पोइण्ट्स गुमायो जबकि एट्लेटिको म्याड्रिडले चाहिँ रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनालाई सेल्टा विगोले २-२-को ड्र-मा रोक्यो। यस अवे म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोना एक समय जीतको नजिक पुगिसकेको थियो। राफिन्हाले १५औं मिनट अनि रोबर्ट लेवाण्डोस्कीले ६१औं मिनटमा दिलाएको गोलको सहायताले बार्सिलोनासँग लगभग अन्तसम्म पनि २ गोलको बढ़त रहेको थियो तर ८२औं मिनटमा मार्क कासाडोले रेड कार्ड देख्नको साथै होम टीमले म्याचमा फर्किने मौका पायो। त्यसपछि सेल्टा विगोले केवल २ मिनटभित्र २ गोल गरी म्याच ड्र गऱ्यो। सेल्टा विगोबाट अल्फोन्सो गोञ्जालेजले ८४औं र ह्यूगो अल्वारेजले ८६औं मिनटमा गोल गरे। बार्सिलोना यस ड्र पछि पनि १४ वटा म्याचमा ३४ पोइण्ट्सको साथ ला लीगा टेबलको शीर्षमा कायम रह्यो। सेल्टा विगो १८ पोइण्ट्स लिएर ११औं स्थानमा रहेको छ। यसबाहेक एट्लेटिको म्याड्रिडले अलावेसविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७१ प्रतिशत पोजेशनको साथ खेले पनि एट्लेटिको निक्कै समयसम्म १-०-ले पछि रहेको थियो। जन गुरिडिले सातौं मिनटमा पेनल्टीबाट गोल गरी अलावेसलाई बढ़त दिलाए। त्यसपछि होम टीमले म्याचको अन्तिम समयमा लगातार २ गोलको साथ म्याच जित्यो। एट्लेटिकोबाट एण्टोनी ग्रीजम्यानले ७६औं (पेनल्टी) मिनट र एलेक्जेण्डर सरलोथले ८६औं मिनटमा गोल गरे। यस जीतपछि एट्लेटिको म्याड्रिड २९ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो। ला लीगाका अन्य म्याचहरूमा भेलेन्सियाले रियल बेटिसलाई ४-२-ले, गेटाफेले भाल्लाडोलिडलाई २-०-ले, गिरोनाले एस्पानयोललाई ४-१-ले अनि मालोर्काले लास पाल्मासलाई ३-२-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement