ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर सिटीको दुर्दशा जारी, चेल्सी र आर्सनलको जीत

photocollage_20241124112501

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा म्यानचेष्टर सिटीको दयनीय प्रदर्शनको क्रम जारी रह्यो। यसबीच आर्सनल र चेल्सीले चाहिँ जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीलाई टोटनह्याम हट्स्परले ४-०-ले पिट्यो। वर्तमान च्याम्पियन म्यानचेष्टर सिटीको यो प्रीमियर लीगमा लगातार तेस्रो अनि सबै प्रतियोगिता मिलाएर लगातार पाँचौं हार हो। यसरी नै पेप ग्वार्डियोलाको प्रशिक्षणमा रहने टीमको होम ग्राउण्डमा ५२ वटा म्याचदेखि जारी अजेय अभियानमा पनि शनिवार राति विराम लाग्यो। ऐतिहाद स्टेडियममा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीले पूरा म्याचमा निराशाजनक प्रदर्शनको साथ घरेलु समर्थकहरूलाई हताश गऱ्यो। टोटनह्यामले म्याचको दुवै हाफमा २-२ गोल गरेर होम टीमको चुनौतीलाई माटोमा मिलायो। विजेता टीमबाट जेम्स मेडिसनले १३औं र २०औं मिनटमा २ गोल गरे। यसबाहेक पेड्रो पोर्रोले ५२औं मिनट अनि ब्रेनान जनसनले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको तेस्रो मिनट)-मा गोल गरे। यस हारपछि पनि म्यानचेष्टर सिटी १२ वटा म्याचमा २३ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी टोटनह्याम १९ पोइण्ट्सको साथ छैटौं स्थानमा पुग्यो।
यसरी आर्सनलले एकतर्फी म्याचमा नटिंघम फरेष्टविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्रााउण्ड एमिरेट्स स्टेडियम ६७ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट बुकायो साकाले १५औं, थोमस पार्टेले ५२औं र एथान न्वानेरीले ८६औं मिनटमा गोल गरे। यस जीतपछि आर्सनल २२ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहन पुग्यो। यसरी सातौं स्थानमा रहने नटिंघम फरेष्टसँग १९ पोइण्ट्स रहेको छ। चेल्सीले पनि लिस्टर सिटीलाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट निकोलस ज्याक्सनले १५औं र एञ्जो फर्नाण्डेजले ७५औं मिनटमा गोल गरे। यसरी लिस्टर सिटीबाट जोर्डन एयेउले मध्यान्तरपछि इञ्ज्युरी टाइमको पाँचौं मिनटमा पेनल्टीबाट १ गोल गरे। ब्राइटनले पनि १० जना खेलाड़ीको साथ खेल्दै बोर्नमाउथविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा मीडफिल्डर कार्लोस बालेबालाई ५९औं मिनटमा रेड कार्ड देखाइए पनि जोआओ पेड्रोले चौथो मिनट र काओरु पेड्रोले ४९औं मिनटमा दिलाएको गोलले ब्राइटनलाई विजयी बनायो। होम टीमबाट डेविड ब्रूक्सले अन्तिम क्षणमा गोल गरे। अहिले चेल्सी र ब्राइटनसँग २२-२२ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा यी दुई टीम क्रमशः तेस्रो र पाँचौं स्थानमा रहेको छ। एस्टन भिल्ला र क्रिस्टल प्यालेसबीचको म्याच २-२-ले अनि एभर्टन र ब्रेण्टफोर्डबीचको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। वूल्भ्सले फूलह्यामलाई ४-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement