गान्तोक: प्रतिष्ठित ४०औं अखिल भारतीय ४०औं गवर्नर्स गोल्ड कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्टको अवसरमा भोलि पाल्जोर स्टेडियममा चीफ मिनिस्टर एकादश, सिक्किम बनाम जीटीए एकादश, दार्जिलिङबीच एक प्रदर्शनी म्याच हुने भएको छ।
यस अत्यधिक अपेक्षित प्रदर्शन म्याचमा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि सहभागी बन्नेछन्।
प्रदर्शनी म्याचलाई ध्यानमा राख्दै आज मुख्यमन्त्री तामाङले राजधानीमा फुटबल बूटलगायत अन्य आवश्यक सामानहरू किनेका छन्। पाल्जोर स्टेडियममा खेलिने यस प्रदर्शनी म्याचमा मुख्यमन्त्रीले सबै फुटबल उत्साहीहरूलाई आमन्त्रित गरेका छन्।
मुख्यमन्त्रीले सोशियल साइट फेसबुक पोस्टमा भनेका छन्, तपाईहरूको उपस्थिति र समर्थनले टोलीहरूलाई उर्जा मात्र दिनेछैन, तर हाम्रो आफ्नै गान्तोक हिमालयन एससीको लागि ठूलो प्रोत्साहन पनि हुनेछ।