काेलकत्ता उच्च न्यायालयमा ९ नयाँ न्यायाधीशको नियुक्ति गरिएको छ

Kolkata-High-Court-1

काेलकता: ९ जना नयाँ न्यायाधीशलाई कलकत्ता उच्च न्यायालयमा नियुक्ति गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आइतवार नियुक्ति पत्रमा हस्ताक्षर गरिन्। यस नियुक्तिपछि काेलकत्ता उच्च न्यायालयमा न्यायाधीशहरूको संख्या बढ़ेर ५४ भएको छ।

केन्द्रिय कानून मन्त्रालयले जजहरूको नियुक्तिको निम्ति नोटिफिकेशऩ जारी गरेको छ। नोटिफिकेशऩ अऩुसार, विश्वरूप चौधरी, पार्थ सारथी सेन, प्रसन्नजीत विश्वास, उदय कुमार, अजय कुमार गुप्ता, सुप्रतिम भट्टाचार्य, पार्थ सारथी चट्टोपाध्याय, अपूर्व सिन्हा रोय र मोहम्मद सब्बर रशीदीलाई दुई वर्षको निम्ति काेलकत्ता उच्च न्यायालयमा अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गरिएको छ।

About Author

Advertisement