गान्तोक: भाइचुङ स्टेडियम परिसरमा एक व्यक्तिको लाश फेला परेको छ। मृतक व्यक्तिको नाम मन बहादुर बराइली बताइएको छ। ५० वर्षीय बराइली अप्पर घुर्पिसे निवासी थिए।शुक्रवार एक व्यक्तिले भाइचुङ स्टेडियम परिसरमा अज्ञात व्यक्तिको लाश फेला परेको सूचना दिए। जॉंचपछि उक्त व्यक्ति अप्पर घुर्पिसे निवासी ५० वर्षीय मन बहादुर बराइली रहेको थाहा लाग्यो।उनले घॉंटीमा पॉंसो लगाएर आत्महत्या गरेको थियो। २० नोभेम्बरको दिन नाम्ची जिल्ला अस्पतालले रानुमाया कामीलाई आत्महत्याको प्रयासपछि भर्ती गरिएको सूचना दिएको थियो। यसै क्रममा २१ नोभेम्बरको दिन अस्पतालमा भर्ती श्रीमती कामीकी पति मन बहादुर बराइली अचानक हराएको सूचना पनि अस्पताल पक्षले पुलिसलाई दिएको थियो। यसपछि, हिजो उनको लाश फेला परेको हो। मृतककी पत्नी रानुमायाले पहिले पनि धेरैपल्ट आत्महत्या गर्ने प्रयास गरेको कुरा जॉंचमा अघि आएको छ।