सिक्किम कल्याण आश्रमको वार्षिक साधारण सभा सम्पन्न

n5602655781732383674994007fe42b55e665d44a6c7d9ecc68a0e49aed140cdafb9eae6422eb45ec5f26ad

गान्तोक: सिक्किम कल्याण आश्रमको वार्षिक साधारण सभा शनिवार आश्रमको रानीपुल, मार्चकस्थित मुख्यालयमा सम्पन्न भयो। प्रान्तीय अध्यक्ष टीटी शेर्पाको अध्यक्षतामा बसेको सभामा संस्थापक सदस्यहरु पद्मश्रीले सम्मानित किपु लेप्चा, केसाङ काल्योन लगायत अन्य संस्थापक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
प्रान्तीय महासचिव छुल्टिम भोटियाले सञ्चालन गरेको उक्त सभामा प्रान्तीय समितिका सदस्यहरु पनि उपस्थित थिए। सभामा संगठन मन्त्री बुद्धिमाया तामाङ, पूर्व अध्यक्ष एसडी लेप्चा, अखिल भारतीय सह संगठन मन्त्री रमेश बाबुजी, उत्तम इशानीय संगठन मन्त्री बिरेन्द्र दुबेजी, जिल्ला संगठन मन्त्री हेमन्त राई, ब्लकका संयोजक/संयोजिकाहरू उपस्थित थिए।
दीप प्रज्जवलनपछि सञ्चालन भएको सभामा परिचय आदान प्रदान गरियो। आश्रमसॅंग सम्बन्धित व्यक्तिहरू जो एक वर्षभित्रमा स्वर्गवासी भएका थिए, उनीहरूको आत्मशान्तिको निम्ति श्रद्धाञ्जलीस्वरूप दुई मिनटको मौन धारण गरियो। प्रान्तीय संयुक्त सचिव मुन्ना शर्माले अघिल्लो सभाको मिनट/प्रस्ताव पढ़ेर सुनाएकी थिइन्। वार्षिक प्रतिवेदन बुद्धिमाया तामाङले प्रस्तुत गरिन्।
यसरीनै वार्षिक आय-वाय कोषाध्यक्ष राजीव मिमानीले प्रस्तुत गरे। शिक्षा, स्वास्थ्य, खेलकुद, श्रद्धा जागरण, प्रचार-प्रसार प्रमुखहरूले आ-आफ्नो आयामको प्रतिवेदन प्रस्तुत गरेका थिए। अन्तरक्रिया सत्रमा छोपेल छिरिङ लामा, कर्म वाङ्चुक लेप्चा, भाइचुङ लेप्चा आदिले भाग लिएका थिए। सभामा रमेश बाबुजी र बिरेन्द्र दुबेजीले सम्बोधन राखेका थिए।
प्रान्तीय अध्यक्ष टीटी शेर्पाद्वारा आफ्नो अध्यक्षीय सम्बोधन राखेपछि प्रान्तीय उपाध्यक्ष नारायण तामाङले धन्यवाद ज्ञापन राखेपछि शान्ति मन्त्रका साथ सभा समाप्त गरिएको जानकारी सिक्किम कल्याण आश्रमका प्रचार-प्रसार प्रमुख तारा दासले विज्ञप्तिमा दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement