पाक्योङ: २००१ मा स्थापित अनुज्ञालय दार्जीलिङ डायोसिस सेवा समाजले स्थापनाकालदेखि नै बालबालिकाहरुका अधिकार र सुरक्षाका लागि लगातार रुपमा काम गरक्दै आएको छ। विशेषगरि, दार्जीलिङ, कालेबुङ र सिक्किममा बालबालिकाको अधिकार र विकासका लागि सक्रियरुपमा काम गर्दै आएको छ। संस्थाले विश्व बाल दिवसको अवसरमा स्थानीय पाक्योङस्थित एक होटलमा संयुक्त राष्ट्र संघको बाल अधिकार महासन्धिको ३५औं वार्षिकोत्सव सम्बन्धमा एउटा महत्त्वपूर्ण कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रमले बाल अधिकार चेतना अभिवृद्धि गर्ने, र महिलाहरुको विकासमाथि प्रमुखता दिएको थियो। संस्थाले जारी गरेको एक प्रेस प्रेस बयानमा उल्लेख गरेअनुसार बालबालिकाको आवाजलाई विकास गर्ने र उनीहरूबीच विचार आदाप प्रदान गर्नका लागि मञ्च उपलव्ध गराउने तय गरेको छ। बाल अधिकारको महत्व र उनीहरूको संरक्षणको आवश्यकतालाई पनि प्रकाश पारेको छ। बालबालिका र नीति निर्माताहरू बीचको संवादलाई प्रोत्साहन दिनुपर्ने साथै निर्णय प्रक्रियामा युवाहरूको संलग्नतालाई बढावा दिनुपर्ने कुरामा संस्थाले विशेष जोड़ दिएको छ। अनुज्ञालयका निर्देशक डा. स्यामुएल लेप्चाले बालबालिकाको अधिकार सुरक्षा गर्न र उनीहरूको विकासको लागि गम्भीरतासित पहल गरिएको जानकारी गराए। अनुज्ञालय द्वारा आयोजित विश्व बाल दिवस समारोह बालअधिकारप्रति चेतना र समर्पण अभिवृद्धि गर्ने पहलको ठूलो सफलता हो भनि उल्लेख गरेको छ। यस कार्यक्रमले यस क्षेत्रका बालबालिकाको अधिकार र लाभका लागि प्रभावी पहल गरेको साथै भविष्यमा पनि उनीहरुतको हितमा आवाज उठाउने प्रतिवद्धता जाहेर गरेको छ।