मंगन: प्रत्येक तीन वर्षमा आयोजन गरिने तीन दिवसीय खाम्सेल समारोह श्रद्धा एवं भक्तिभावपूर्वक सम्पन्न भयो। उत्तर सिक्किमको गाग्योर थोलुङ रिङजेन छोयडुप्र गुम्बामा भव्यतासित हुने यस ऐतिहासिक सांस्कृतिक एवं धार्मिक महत्त्वपूर्ण अनुष्ठान १८ नोभेम्बरबाट शुरु भएको थियो। गुम्बामा राखिएको ग्याल्वा ल्हात्सु नाम्खा जिग्मेको पवित्र पोशाक सहित पवित्र अवशेषहरू र कलाकृतिहरूको दुर्लभ प्रदर्शन पनि गरिएको थियो। अवशेषहरूको आशीर्वाद लिन नजिक र टाढाबाट हजारौं संख्यामा भक्तहरूको उपस्थिति रहेको थियो। यस अवसरमा बोझोघारी गोन्जाङ गुम्बा र इन्चे गुम्बाका टुल्कु पेमाको नेतृत्वमा रहेको पवित्र अनुष्ठान समारोहमा विभिन्न ठाउँका धर्मगुरु पनि उपस्थित थिए। यस अवसरमा आध्यात्मिक कार्यक्रम सामेल गरिएको थियो। उत्तर सिक्किमको जङ्गुस्थित थोलुङ गुम्बा राज्यकै सबैभन्दा पुरानो र ऐतिहासिक धार्मिक स्थलको रुपमा प्रसिद्ध छ। जहाँ बौद्ध अभ्यासहरुको लागि एक प्रमुख केन्द्र मानिन्छ। यसपटक मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा मन्त्री तथा क्षेत्र विधायक पिन्छो नामग्याल लेप्चाको सहयोगमा जोङ्गु युवा संघले कार्यक्रमको रुपरेखा तयार गरेको हो। खम्सेल समारोहले विश्वास, एकता र सांस्कृतिक सम्पदाको प्रमाणको रूपमा कार्य गरेको छ। भक्तहरूलाई सामुहिक प्रार्थना र गहिरो भक्तितर्फ आकर्षित गर्दछ।